आईसीसी विश्वकप छनोट प्ले अफ


काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्ले-अफको लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। 

कप्तान सन्दीपसँगै टोलीमा आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका  छन्।

स्पिनर अभिशेष  र मिडियम पेस अलराउन्डर रशिदले टोली स्थान बनाएका छन्। एसिया कप राइजिङ स्टार्सपछि कुशल भुर्तेलले टोलीमा निरन्तरता पाएका छन्।

खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन्।‌ जहाँ शीर्ष ४  टोलीले सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्। 

नेपालले लिग चरणका सबै सात खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ। डिसेम्बर ४ मा इटली विरुद्ध खेलेपछि नेपालले डिसेम्बर ६ मा युगान्डा, डिसेम्बर १० मा यूएई, डिसेम्बर १२ मा जर्सी, डिसेम्बर १४ मा क्यानडा, डिसेम्बर १८ मा नामिबिया र डिसेम्बर २१ मा कुवेतको सामना गर्नेछ।

प्ले अफमा आयोजक नेपाल सहित इटली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र युएईले प्रतिस्पर्धा गर्नेछन्। प्ले अफबाट छनोट हुने चार टोलीले आयरल्यान्ड, वेस्ट इन्डिज, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानसँग  ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। जसबाट एक टोली सिधै २०२७ मा हुने विश्वकपको समूह चरणमा तथा  दोस्रो देखि चौथो हुने टोलीले सुपर सिरिजमा पुग्नेछन्।

प्रकाशित मिति:





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्