सेनेगलमा आप्रवासी डुङ्गा दुर्घटना : मृतकको सङ्ख्या ३९ पुग्यो | Nepal’s first 24-hour updated news portal


काठमाडाैँ। सेनेगलको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । सोमबार थप शव फेला परेपछि मृतकको सङ्ख्या बढेको आपत्कालीन सेवा विभागले जनाएको छ।

उत्तरी सेनेगलको सेन्ट लुइसबाट स्पेनको तटतर्फ जाँदै गरेको उक्त डुङ्गा आइतबार राजधानी डाकारको उत्तरमा पर्ने केबेमेर सहरनजिक समुद्रमा पल्टिएको थियो।

गृह मन्त्रालयले आइतबार घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको जनाएको थियो। उद्धारकर्ताहरूले जीवित व्यक्तिहरूको खोजी गरिरहेको पनि मन्त्रालयले बताएको थियो। डुङ्गामा कति जना सवार थिए भन्नेबारे मन्त्रालयले खुलाएको छैन। अझै धेरै यात्रु बेपत्ता रहेको अनुमान गरिएको छ।

घटनामा एक जना यात्रुलाई मात्र जीवितै उद्धार गर्न सकिएको छ।

राम्रो आर्थिक अवसरको खोजीमा हजारौँ सेनेगाली युवा यही समुद्री मार्ग हुँदै युरोप पुग्ने प्रयास गर्छन्। उनीहरू एट्लान्टिक महासागरमा करिब ८०० माइल यात्रा गरेर स्पेन पुग्ने जोखिमपूर्ण बाटो रोज्छन्। यस क्रममा प्रायः खुला काठका डुङ्गा (क्यानो) प्रयोग गरिन्छ । सेनेगलमा उच्च बेरोजगारी र गरिबीका कारण युवाहरू आर्थिक अवसरको खोजीमा विदेशिने गरेका छन्।

सेनेगलका राष्ट्रपति बासिरु डिओमाये फायेले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता जोखिमपूर्ण यात्रा गराउने मानव तस्करीका सञ्जालविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्