त्रिविको ढिलासुस्तीले विद्यार्थीको भविष्य अन्योलमा, मानव अधिकार आयोगमा उजुरी ! – Artha Sarokar :: Nepal’s No.1 Economic News portal.


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा भएको ढिलासुस्तीका कारण एलएलबी अध्ययनको अवसर गुमेको भन्दै एक विद्यार्थीले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

मोरङको लेटाङ निवासी योगराज दाहालले बीए उत्तीर्ण भए पनि त्रिविले नतिजा ढिलो सार्वजनिक गर्दा चालु शैक्षिक सत्रमा तीनवर्षे एलएलबीको प्रवेश परीक्षा दिन नपाएको भन्दै उजुरी दिएका हुन् ।

उनका अनुसार २०८२ भदौ १३ गते बीए प्रथम वर्षको आंशिक परीक्षाको फारम भरेकोमा २०८३ जेठ १८ देखि २७ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । तर, नतिजा भदौ २२ गते मात्रै सार्वजनिक भयो । यसबीच जेठ २९ गते नै एलएलबीको प्रवेश परीक्षा भइसकेकाले उनी सहभागी हुन पाएनन् ।

दाहालले त्रिविको प्रशासनिक ढिलासुस्तीका कारण आफ्नो शैक्षिक भविष्य अन्योलमा परेको उल्लेख गर्दै विशेष वा पूरक प्रवेश परीक्षा सञ्चालन गरी एलएलबी अध्ययनको अवसर सुनिश्चित गर्न आयोगसँग माग गरेका छन् ।

यसअघि उनले हेलो सरकारमार्फत १० पटक उजुरी गर्नुका साथै शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत निवेदन दिएका थिए । तर, अहिलेसम्म समस्या समाधान नभएको उनको गुनासो छ ।

उनले चालु शैक्षिक सत्र समाप्त हुनुअघि नै विषयको छानबिन गरी आफूलाई न्यायोचित रूपमा प्रतिस्पर्धामा सहभागी हुने अवसर दिलाउन माग गरेका छन् ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्