कोशी प्रदेशको पहिलो जित


काठमाडौं (हाम्रो खेलकुद) – दशौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा कोशी प्रदेशले पहिलो जित हात पारेको छ।

कप्तान रुविना क्षेत्रीको अर्धशतकमा कोशीले कर्णाली प्रदेशलाई ४९ रनले पराजित गरेको हो। 

जितको लागि १ सय २६ रनको चुनौती पछाएको कर्णाली प्रदेश १९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७६ रनमा समेटियो। 

शिखा दुवाडीले सर्वाधिक २० रन जोड्दा सोविका शाहीले १२ रन र रमा बुढाथोकीले १० रन बनाए। यी तीन बाहेक अन्यले दोहोरो अंकमा रन  छुन सकेनन्। 

बलिङमा लकिता राजवंशीले ३ तथा एलिसा खदिया र निशा शाहले समान २ विकेट लिए।  

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २५ रन बनायो। कप्तान रुविना र काजोल श्रेष्ठले पहिलो विकेटको लागि ५१ रनको साझेदारी गरे। १०.४  ओभरमा  १४ रन बनाएर काजोल आउट भइन्। 

लकिता राजवंशी ९ रनमा आउट भइन्। क्रिजमा टिकेकी रुविनाले अर्धशतक प्रहार गरिन्। ५७ बल खेल्दै ९ चौका र १ छक्का सहित ६२ रन बनाएर रुबिना आउट भइन्। उनलाई रबिना बुढा मगरले रेखा रावलद्वार कमयाच आउट गराइन्। 

तेस्रो विकेटको रूपमा रूबिना आउट हुँदा कोशीले १ सय ९ रन बनाएको थियो। खुशी राजवंशी १० रनमा आउट हुँदा बिमला महता अविजित ७ र फुल कुमारी राजवंशी अविजित ६ रनमा क्रिजमा रहे। बलिङमा रमा बुढाथोकीले २ विकेट झारिन्। 

पहिलो जित निकालेको कोशी हिजो त्रिभुवन आर्मी क्लबसँग ६ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति:

थप
राष्ट्रिय खेलकुद





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्