घाइते शान्तनुको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीद्वय अस्पतालमा | Nepal’s first 24-hour updated news portal


काठमाडौँ । दुई मन्त्रीले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा पुनर्स्थापनाबारे बुझेका छन् । 

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ढकाललाई भेटेका थिए । 

मन्त्रीद्वयले उपचाररत शान्तनु र उनका परिवारसँग भेट गरी उपचारको प्रगति, थप उपचारको आवश्यकता तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएका हुन् ।

सो अवसरमा उनीहरूले शान्तनुको प्रभावकारी उपचार, उपचारपछिको पुनर्स्थापना तथा परिवारको सामाजिक र आर्थिक सुरक्षाका लागि सम्बन्धित मन्त्रालयमार्फत आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घाइतेको उपचारदेखि जीवनयापन र पुनर्स्थापनासम्म राज्यको जिम्मेवारी सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनीहरूले बताएका छन् । 





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्