समर्थकको मायाले विशेष प्रदर्शन गर्न प्रेरित गर्‍यो : जर्ज मुन्से | Nepal’s first 24-hour updated news portal


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा अविजित शतकीय इनिङ्स खेल्दै सुदूरपश्चिम रोयल्सलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका जर्ज मुनसेले नेपाली समर्थकको माया र समर्थनले आफूलाई विशेष प्रदर्शन गर्न प्रेरित गरेको बताएका छन् । 

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा मुनसेले ५४ बलमा अविजित १२० रन बनाए । उनको उत्कृष्ट ब्याटिङको मद्दतमा सुदूरपश्चिमले उपाधि जित्न सफल भयो । 

खेलपछि प्रतिक्रिया दिँदै मुनसेले आफू १५ रनमा खेलिरहँदा नै समर्थकले आफ्नो नाम लिएर हुटिङ गर्न थालेको बताए । समर्थकको त्यो मायाले उनीहरूका लागि केही विशेष गर्नुपर्छ भन्ने भावना जागेको उनको भनाइ छ । ु‘म १५ रनमा हुँदा नै फ्यानहरूले मेरो नाम लिएर हुटिङ गर्न थाल्नुभएको थियो । त्यतिबेला उहाँहरूका लागि केही विशेष गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने । 

नेपाली समर्थकको प्रशंसा गर्दै मुनसेले नेपालमा खेलाडीका रूपमा पाउने आतिथ्य, माया र सम्मान उत्कृष्ट रहेको बताए । यहाँको क्रिकेटको स्तर पनि निकै राम्रो रहेको उनको प्रतिक्रिया थियो । ‘यहाँका समर्थकहरू साँच्चै गजबका छन् । खेलाडीका रूपमा यहाँ निकै राम्रो आतिथ्य र माया पाइन्छ । क्रिकेटको स्तर पनि उत्कृष्ट छ,’ उनले भने । 

मुनसेको यो शतकीय प्रदर्शन सुदूरपश्चिमको उपाधि यात्रामा निर्णायक बन्यो । समर्थकको साथ र मैदानमा आफ्नो प्रदर्शनलाई जोड्दै उनले नेपाली क्रिकेटप्रतिको आफ्नो सकारात्मक अनुभवसमेत सुनाएका छन् ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्