नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिएको छ: जयशंकर


काठमाडौं। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्वका साथ लिएको बताएका छन्। आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताज महलमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

दुईदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहको यो पहिलो भेटवार्ता हो। भेटपछि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जयशंकरले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने शाहको भेटवार्ता तथा कार्यक्रमको आफू प्रतीक्षा गरिरहेको उल्लेख गरेका छन्।

जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज साँझ नयाँदिल्ली भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न पाउँदा खुसी लागेको छ। भारतले नेपालसँगको विशेष मित्रतालाई महत्त्वका साथ लिन्छ। भोलि प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उनको भेटवार्ताको प्रतीक्षामा छु।’



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्