एनपीएल : काठमान्डु गोर्खाजसँग लुम्बिनी लायन्स ३६ रनले पराजित


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले आफ्नो पहिलो हार बेहोरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा लुम्बिनी काठमान्डु गोर्खाजसँग ३६ रनले पराजित भएको हो। चार खेलमा काठमान्डुको यो तेस्रो जित हो।

काठमान्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा अलआउट भयो। टोलीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। त्यस्तै अभिषेश गौतमले १६, निरोशन डिकवेलाले १४ र रुबेन ट्रम्पलमानले ११ रन जोडे।

लुम्बिनीलाई सस्तैमा समेट्न काठमान्डुका जहानदाद खानले चार विकेट लिए भने करण केसीले दुई विकेट हात पारे। सन्तोष यादव, शाहब आलम, राशिद खान र सहान अरच्चिगेले एक-एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो। डेभिड वार्नरले ६६ रनको योगदान दिए भने साहिल पटेलले ३८ रन बनाए। सहान अरच्चिगेले अविजित ३४ रन जोडे। लुम्बिनीका बलिङतर्फ रुबेन ट्रम्पलमान, शेर मल्ल र अभिषेश गौतमले दुई-दुई विकेट लिएका थिए।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्