एक्स्ट्रिम कर्णाली याक्स ट्यालेन्ट हन्टबाट ३ खेलाडी छनोट


सुर्खेत (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल)  फ्रेन्चाइज टिम कर्णाली याक्सले एक्स्ट्रिम कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ। 

दैलेखबाट हिकमत बहादुर शाही, रूकुमबाट भुवन भण्डारी र सुर्खेतबाट कैलाश खड्का छनोट भएका हुन्। यो पटक कर्णाली याक्सले सुर्खेत र सल्यानगरी दुई स्थानमा ट्यालेन्ट हन्ट गरेको थियो। 

सुर्खेतमा २ सय ६  र सल्यानमा १ सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी भएका थिए। कर्णाली याक्सका कन्सल्टेन्ट प्रशिक्षक राजु बस्न्यातको नेतृत्वमा ट्यालेन्ट हन्ट सम्पन्न भएको हो। 

प्रशिक्षक बस्न्यातले अहिलेसम्मकै धेरै खेलाडीको सहभागिताले उत्साही भएको भन्दै खेलाडीको यो सङ्ख्याले कर्णालीमा क्रिकेट क्रेज बढेको संकेत गरे। साथै उनले अब तीन खेलाडीलाई क्याम्पमा राखिने र क्याम्पपछि १ खेलाडी कर्णाली याक्सको लागि अन्तिम छनोटमा पर्नेछ। 

ट्यालेन्ट हन्टमा कर्णाली याक्सका खेलाडीहरू विपिन शर्मा, युनुस विक्रम सिंह, दिवान पुन, दीपेन्द्र रावत, सचिन शर्मा र सुर्य तामाङ तथ टिम एनालिष्ट रवि थापाको सहभागिता रहेको थियो।

प्रकाशित मिति:

थप
क्रिकेट





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्