अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल


काठमाडौं। कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ ।

​भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो।

​त्यस अवसरमा कृषि मन्त्री चौधरीले डबल्यु डबल्यु एफद्वारा रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराइएको १ करोड ५० लाख रुपैयाँ कार्यवाहक प्रधानमन्त्री समेत रहेका अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण गरिन् ।

​छलफलका क्रममा आगामी सिजनका लागि आवश्यक रासायनिक मलको पर्याप्त आपूर्ति र सहज वितरण सुनिश्चित गर्ने विषयमा पनि जोड दिइएको थियो ।

मल खरिदका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गरी समयमै किसानसम्म मल पुर्‍याउने विषयमा पनि छलफल भएको थियो ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्