
जापान/ नागायो – २० औं एसियन गेम्समा नेपाल इन्डोनेसियासँग सोझो सेटमा पराजित भएको छ। लगातारको दोस्रो हारमा नेपालको सुपर एटमा पुग्ने संभावान सकियो।
इन्डोनेसिया विरूद्ध पहिलो सेटमा नेपालको प्रदर्शन फितलो रह्यो। नेपाललाई २५-१२ ले हराउँदै इन्डोनेसियाले १-० अग्रता बनायो।
तर दोस्रो दोस्रोमा भने नेपालले तुलनात्मक रूपमा सुधारिएको प्रदर्शन गर्यो। इन्डोनेसियालाई केहि चुनौती दियो। तर दोस्रो सेट पनि २५-२१ ले हार्यो।
यसपछि तेस्रो सेट २५-२० ले जित्दै इन्डोनेसियाले सोझो सेटको जित निताल्यो । यसअघि हिजो नेपालले आयोजक जापान विरूद्ध सोझो सेटको हार बेहोरेको थियो।
लगातारको दुई हारसँगै नेपालको सुपर एटको संभावना सकिएको छ। पुल ‘ए’ बाट जापान र इन्डोनेसिया सुपर एटमा प्रवेश गरे।
अब नेपालले नवौं देखि १४ औं स्थानको लागि क्वालिफिकेसन खेल खेल्नेछ। अन्य समूहको खेलपछि प्रतिद्वन्द्वीको टुङ्गो लाग्नेछ। जारी महिला भलिबलमा एसियाका उत्कृष्ट १४ टोलीको सहभागिता रहेको छ।
१९ सेप्टेम्बरमा औपचारिक उद्घाटन हुने एसियन गेम्समा यो पटक २१ खेलका १ सय ३५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित मिति:
बिहीबार, असोज १, २०८३
थप
भलिबल


























