`फिफाको सर्त मान्नुको विकल्प छैन´


काठमाडौं (हाम्रो खेलकुद) – निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा) ले  फिफाको सर्त मान्नुको विकल्प नरहेको बताएको छ। 

फिफाले निलम्बन गरेको ८४ दिनपछि एन्फाले पहिलो पटक पत्रकार सम्मेलन गर्दै फुकुवाको एउटै विकल्प फिफाको सर्त मान्नु मात्र रहेको महासचिव किरण राईले बताए। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फा निलम्बनको निर्णय बिना सर्त खारेज गर्नुपर्ने र अहिलेको एन्फा कार्य समितिलाई पुर्नबहाली गर्नु पर्ने तथा एन्फाले सुरू गरेको निर्वाचन प्रक्रिया पूरा गर्न पाउने सर्त मानेमा मात्र फुटबल समस्या समाधान हुने अडान राखेको छ। 

आफू अनुकुल हुने फिफाबाट प्रस्तावित यी दुई सर्त मान्नु नै निलम्बन फुकुवाको बाटो भएको र यस बाहेक कुनै उपाय नभएको राईले बारम्बार दोर्याए। राखेपले भन्दै आएको तहगत निर्वाचनको लागि समेत फेरि पनि सरकारको हस्तक्षेप हुने पुरानै कुरा दोर्याए। 

लामो समयसम्म सरकारले निकासा निकाल्ने भनेकाले आफूहरू मौन रहेको तर सरकारबाट केहि ठोस निर्णय नआएपछि एकेडेमीका खेलाडी र यु-१५ टोलीको सहभागिता  र साफ सहभागितालाई मुख्य एजेन्डा बनाउँदै एन्फा सञ्चालनमा आउने पनि महासचिव राईले बताए। 

भोलि सम्म सरकारले दुई सर्त मान्ने निर्णय नगरेपनि एन्फा सञ्चालन गर्ने उनीहरूको भनाइ छ। विशेषगरी एकेडेमीका खेलाडीको लागि पनि एन्फा सञ्चालन गर्न पर्ने उनीहरूको भनाई छ। 

यदि एन्फा सञ्चालन गर्न नदिए एन्फा एकेडेमी तथा कर्मचारीको जिम्मेवारी सरकारले लिनुपर्ने पनि महासचिव राईले बताए। 

अध्यक्ष पंकज विक्रम नेम्वाङ सँधै जस्तो आजको पत्रकार सम्मेलनमा पनि उपस्थित भएनन्। हिजो शिक्षा  तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतले सुरक्षाकर्मीको उपस्थितिमा राजीनामा दिन दबाब दिएको विषयमा महासचिव राईले आफूलाई जानकारी नभएको बताए। उनले सरकारको प्रवक्ता समेत रहेका मन्त्रीबाट यस्तो काम नभएको भन्नेमा ढुक्क भएको भन्दै टालटुले जवाफ दिए। 

पत्रकार सम्मेलनमा निलम्बित एन्फा पदाधिकारी, प्रशिक्षक, रेफ्री लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:

थप
फुटबल





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्