आयोजक बिएफसी पहिलो पटक चितवन गोल्डकपको फाइनलमा


सुशील पन्त क्षेत्री, चितवन

आयोजक भरतपुर फुटबल क्लब बिएफसी हानामी तेस्रो चितवन गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

आज (बिहीबार) भएको पहिलो सेमिफाइनलमा देवदह ब्वाईज रुपन्देहीलाई हराउँदै बिएफसी पहिलो पटक चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । बिएफसीको जितमा मुकुन्द निउरेले एकमात्र गोल गरे । 

बिएफसीका गोलकिपर दीप कार्की प्लेयर अफ दि म्याच बने ।प्रतियोगितामा आज नै दोस्रो सेमिफाइनल खेल हुनेछ । दोस्रो सेमिफाइनलमा एप्पल गुरु सूर्यपुर एफसी र एनपेनाङ एफसी मलेसिया भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । 

८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति:

थप
फुटबल





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्