एसियाडको कास्य विजेता नेपाली कबड्डी टोली झन्डै ३० घण्टादेखि बैंकक एयरपोर्टमै


नागोया  (हाम्रो खेलकुद) – जापानका नागोयामा जारी एसियाली खेलकुद (एसियाड) मा कास्य पदक जितेर नेपाल फर्किएको राष्ट्रिय महिला कबड्डी टोली र पुरुष टोली ३० घन्टाभन्दा बढी समयदेखि थाइल्यान्ड बैंकक एयरपोर्टमा अड्किएको छ। 

 नेपाली टोली सोमबार बिहान ११:४५ बजे जापानको ओसाकाबाट बैंककको लागि उडेको थियो। यसपछि टोली दिउँसो ३:३५ बजे बैंकक पुगेको टोली अहिले पनि त्यही छ। बैंककमा पुगेको झन्डै ३० घण्टा बित्दा समेत टोलीको नेपाल आउने कुनै जानकारी नभएको टोलीका एक सदस्यले हाम्रो खेलकुदलाई जानकारी दिईन्। 

३ देखि यात्रामा रहेको कठिनाइ भएको, बस्ने र खानेमा समस्या भैरहेको बताइन्। खेलाडीहरुले कुर्सी र चिसो भुईमा सुतिरहेको समेत बताइन्। यो विषयमा सम्बन्धित निकायलाई पनि जानकारी दिएको बताइएको छ।

एसियाड खेलेर फर्केको कराते टोली पनि बैंककमा लामो समय बिताएर आज साँझ काठमाडौं उडेको छ। कबड्डी टोली हिजो र कराते टोली आज काठमाडौं पुग्ने टिकट थियो। महिला र पुरुष २४ खेलाडी , ४ प्रशिक्षक र २ व्यवस्थापकगरि कबड्डी टोलीमा ३० जना छन्।

थाइल्याण्डमा गएको बाढीले एयरपोर्ट अस्तव्यस्त भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन।

प्रकाशित मिति:

थप
एसियाड





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्