सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्