नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा ४२.१०५ प्रतिशत लाभांश घोषणा


२८ भदौ, काठमाडौं।

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सेयरधनीहरूलाई ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

भदौ २६ गते शुक्रबार सम्पन्न हस्पिटलको छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारणसभाले २० प्रतिशत बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णयसमेत गरेको छ।

साथै, सोही प्रक्रियाका लागि संस्थागत लगानीकर्ताहरूलाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायत सम्पूर्ण काम कारबाहीको अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिएको छ।

Advertisement

आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन अनुसार समीक्षा अवधिमा हस्पिटलले फार्मेसी बाहेक कुल २ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ। यसैगरी, कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको छ।

फार्मेसीसहितको हिसाब गर्दा कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँ, कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँ र खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा माथि रहेको हस्पिटलले जनाएको छ।

सेवा प्रवाहको दृष्टिकोणले सो आर्थिक वर्षमा नर्भिक हस्पिटलले ओपिडीतर्फ १ लाख ७९ हजार, आन्तरिक बिरामी (आइपिडी) तर्फ ९ हजार र आकस्मिक सेवातर्फ ६ हजार जना बिरामीलाई उपचार सेवा प्रदान गरेको छ।

यसबाहेक, अष्ट्रेलिया, युके, जापान, न्युजिल्याण्ड तथा पपुवा न्युगिनीका लागि ४१ हजार सेवाग्राहीलाई इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा समेत उपलब्ध गराएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

For More: Norvic Hospital Dividend Nepal



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्