जनकपुरलाई सुदूरपश्चिमद्वारा मध्यम लक्ष्य प्रस्तुत


काठमाडौं (हाम्रो खेलकुद)- जनकपुर बोल्ट्सका बलर हावी भएपछि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले खुलेर ब्याटिङ गर्न सकेन। 

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एक मात्र खेलमा सुदूरपश्चिमले जितका लागि जनकपुरलाई १ सय २१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रन बनाएको छ।

ब्राण्डोन म्याकमुलेनले बनाएको ३३ रन नै सुदूरपश्चिमका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे। 

थारिन्दु रत्नायकेले १६, आरिफ शेखले ११ र विनोद भण्डारीले १० रन थपे। 

पहिलो दुई सिजन सुदूरपश्चिमबाट खेलेका जनकपुरका कप्तान हरमित सिंहले ४ ओभरमा १० रन दिएर ४ विकेट लिए। 

ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान एक विकेट लिए। 

अघिल्ला २ संस्करण सुदूरपश्चिम र जनकपुर ४ पटक खेलेका छन्। पहिलो संस्करणको फाइनलमा बाहेक ३ खेलमा सुदूरपश्चिम विजयी भएको थियो। 

प्रकाशित मिति:

थप
क्रिकेट





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्