
काठमाडौं (हाम्रो खेलकुद)- डेविड वार्नरको उत्कृष्ट ब्याटिङमा काठमाडौ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १ सय ६१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनाएको छ।
पहिलो विकेटका लागि ओपनर वार्नर र साहिल पटेलले १३.२ ओभरमा १ सय ४ रनको साझेदारी गरे।
३६ बलमा २ चौका र २ छक्का सहयोगमा ३८ रन बनाएका शाहिल शेर मल्लको बलमा रोहित पौडेलबाट क्याच आउट भए।
वार्नर ४९ बलमा ९ चौका र १ छक्का सहयोगमा ६६ रन बनाउँदा शेरकै बलमा सन्दीप जोराबाट क्याच आउट भए। सहान ३४ रनमा अविजित रहे।
कप्तान करण केसीले ९ रन थपे। विलियम बसिस्टो गोल्डेन डकआउट भए। जहानदाद खान ६ र रासिद खानले १ रन बनाए।
लुम्बिनीका लागि शेर, अविशेष गौतम र रुवेन ट्रम्पलम्यानले समान २ विकेट लिए।
प्रकाशित मिति:
शनिबार, कात्तिक २१, २०८३
थप
क्रिकेट

























