
२२ कात्तिक, सुनसरी । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ का २० वर्षीय आकाशकुमार खत्वे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ करिब ६ बजे अस्थायी प्रहरी पोष्ट सामझालाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।
सुनसरी जिल्ला अदालतले २०८१ माघ ३ गते जबर्जस्ती करणी मुद्दामा खत्वेलाई १३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते उनी कारागारबाट फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























