कांग्रेस देउवा समूहको नेविसंघ अध्यक्षमा मल्ल | Nepal’s first 24-hour updated news portal


काठमाडौँ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को अध्यक्ष पदमा पर्वतकी सृजना मल्ललाई मनोनीत गरेको छ।

नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले कार्तिक १२ गते पत्र हस्तान्तरण गर्दै मल्ललाई नेविसंघको अध्यक्ष पदमा मनोनयन गरिएको जानकारी गराएका हुन्।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई सो जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

मनोनयन पत्रमार्फत नवनियुक्त अध्यक्ष मल्ललाई आगामी ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने तोकिएको छ। संयोजक कोइरालाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘अध्यक्षको रूपमा नेपाली काङ्ग्रेसको स्थापित मूल्यमान्यतालाई आत्मसात् गरी आगामी ६ (छ) महिनाभित्र नेपाल विद्यार्थी सङ्घको महाधिवेशन सम्पन्न गरी सङ्गठनलाई मजबुत बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु।’

s





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्