
काठमाडौं । लोक शैली, आधुनिक प्रस्तुति र आकर्षक नृत्यको संगम रहेको नयाँ गीत ‘चुलबुले नानी’को अफिसियल म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
लोक-नृत्य शैलीमा तयार गरिएको यस गीतले दर्शक तथा संगीतप्रेमीमाझ नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। गीतमा आशिष अविरल र रचना रिमालको सुमधुर स्वर रहेको छ भने संगीत पनि अविरलकै छ।
गीतका सर्जक रीमा श्रेष्ठ हुन्। पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै भाइरल सोही म्युजिक भिडियोमा कलाकार सुरेश कोहली र जुना सुन्दासको आकर्षक अभिनय तथा नृत्य देख्न सकिनेछ।
भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठ , सहायक कोरियोग्राफी माधव ढुङ्गाना गरेका हुन् । यस म्युजिक भिडियोलाई निर्देशन भने सोनाम पाख्रिनले गरेका हुन् ।
गीतको एरेन्ज कुशल सिंह निलले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गायक तथा संगीतकार आशिष अविरलले गरेका हुन् साथै गीतको रेकर्डिङ शिशिर परियार र कृष्ण लामिछाने गरेका हुन ।
उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन बिजेश पौडेलले गरेका छन्। त्यस्तै मेकअप ज्योति केसीले गरेकी छन्।
दिपेन गौतम माइकल प्रोडक्सन म्यानेजर रहेको यस परियोजनाका निर्माता कुशल गुरुङ हुन्। गीतको सम्पूर्ण रेकर्डिङ कार्य रागा रेकर्ड्स एण्ड रिसर्च सेन्टरमा भएको हो ।
देशभक्ति ,आधुनिक, प्रेमभावका गीतहरू लेख्न निकै प्रखर गीतकार श्रेष्ठले नेपाली कला , भाषा र संस्कृतिलाई विश्वसामुमा चिनाउँदै आइरहेकी छिन्। लोक नृत्य शैलीमा तयार पारिएको गीतलाई माया गर्नुभएका सम्पूर्ण दर्शक श्रोताहरूमा हृदयदेखि नै नमन गर्न चाहन्छु’ गीतकार रिमा श्रेष्ठ भन्छिन्।

























