मगर संस्कृति र प्रेमकथा समावेश ‘जलाकी’ को टिजर सार्वजनिक


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अशोक थापामगर निर्देशित फिल्म ‘जलाकी’को टिजर सार्वजनिक भएको छ, र फिल्म मंसिर ४ गतेदेखि प्रदर्शन हुँदैछ।
  • टिजरमा उपासना सिंह ठकुरी शिक्षिकाको भूमिकामा र सोनम तोप्देनसँगको प्रेमसम्बन्ध तथा आमाको सम्झना प्रस्तुत गरिएको छ।
  • निर्देशक थापामगरले ‘जलाकी’लाई मगर समुदायको आस्था, सम्झना र मायाको प्रतीक केन्द्रित कथा भएको बताए।

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को टिजर सार्वजनिक भएको छ । टिजरमा कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बू फिचर्ड छन् ।

टिजरमा उपासना शिक्षिकाको भूमिकामा देखिएकी छन् । उनको बाल्यकाल, कलेज जीवनमा सोनमले निर्वाह गरेको पात्रसँगको प्रेमसम्बन्ध र आमाको सम्झनालाई प्रस्तुत गरिएको छ ।

सुन्दर हिमालदेखि पहाड र हरियाली वनजंगल र नदीको परिवेश चित्रण छ । यो फिल्म मंसिर ४ गतेबाट प्रदर्शन हुँदैछ ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्