नेपालले कीर्गिस्तान सोझो सेटमा हरायो


जापान (हाम्रो खेलकुद) – जापानमा जारी २० औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराएको छ‌। 

पुल ‘ए’ मा दुवै खेल हारेको नेपालले क्लासिफिकेसन म्याचमा  कीर्गिस्तान विरूद्ध सहज जित निकाल्ने क्रममा पहिलो सेट २५-२० ल जित्यो। दोस्रो सेटमा पनि नेपालले दबाब बनायो। २५-१६ ले दोस्रो सेट जितेको नेपालले तेस्रो सेट २५-२० ले जित्दै खेल आफ्नो पक्षमा पार्यो। 

दोस्रो सेटको जित हात पार्ने क्रममा मिडल ब्लकर सुमित्रा रेग्मीलर सर्वाधिक १२ अंक जोडिन्। मिडल ब्लकर सलिना बुढा मगर र सुनिता खत्री तथा आउटसाइड हिटर उषा भण्डारीले समान ९ अंक जोडे। 

अब नेपालले ९ औं देखि १२ औं स्थानको लागि हङकङसँग खेल्नेछ। पदक जित्न होडबाट बाहिरिसकेको नरपाल यसअघि समुह चरणमा जापान र इन्डोनेसियासँग सोझो सेटमा हारेको थियो।

प्रकाशित मिति:

थप
एसियाड





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्