साउन र भदौमा त्रिभुवन विमानस्थलबाट बाट १ किलो ६४३ ग्राम अवैध सुन बरामद | Nepal’s first 24-hour updated news portal


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याइएको सुन र विद्युतीय सामग्रीसहित ५५ जना नियन्त्रणमा परेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले गत साउन १ गतेदेखि भदौ ३१ गतेसम्म गरेको निगरानी र सुरक्षा जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

सुरक्षा कार्यालयका अनुसार विमानस्थल प्रयोग गरी बाह्य मुलुकबाट नेपाल आउने यात्रीहरूका साथबाट १ किलो ६४३ ग्राम (अन्दाजी ४ करोड २५ लाख ७३ हजार १८६ रुपियाँ बराबर) को सुन बरामद भएको छ। सो कार्यमा संलग्न ४५ जनालाई नियन्त्रणमा लिइएको छ। 

प्रारम्भिक अनुसन्धानका क्रममा तस्करहरूले वैदेशिक रोजगारीबाट फर्किएका सोझा यात्रीहरूलाई ज्यालाको प्रलोभनमा पारी सुन भित्र्याउन प्रयोग गरेको देखिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

यसै गरी भन्सार नियमविपरीत चोरीपैठारी गरी ल्याइएका ८८ लाख २२ हजार रुपियाँ बराबरका विद्युतीय सामग्रीसहित १० जना नियन्त्रणमा परेका छन्। उनीहरूको साथबाट मोबाइल फोन, ल्यापटप तथा भेप बरामद गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

विमानस्थल सुरक्षा कार्यालयले अवैध ओसारपसार नियन्त्रण गर्न यात्रा जोखिममा आधारित जाँच, एक्स-रे स्क्रिनिङ, सूक्ष्म निगरानी तथा सूचना सङ्कलनलाई थप प्रभावकारी बनाएको जनाएको छ। साथै, कुनै पनि तस्कर वा समूहको प्रलोभन, दबाब र प्रभावमा परी गैरकानुनी वस्तु ओसारपसार नगर्न र भन्सार कानुनको पूर्ण पालना गर्न सम्पूर्ण यात्रीहरूलाई आग्रह गरिएको छ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्