मेस्सीले अन्तिम पटक अर्जेन्टिनाबाट खेल्ने


एजेन्सी – अर्जेन्टिनाले अक्टोबरमा बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि लियोनल मेस्सीलाई टोलीमा समावेश गरेको छ। उक्त खेल मेस्सीको अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबलमा अन्तिम खेल हुनेछ।

३९ वर्षीय मेस्सीले सन् २०२६ को विश्वकप फाइनलमा स्पेनसँग अर्जेन्टिना पराजित भएपछि राष्ट्रिय टोलीबाट बिदा हुने घोषणा गरेका थिए। त्यसअघि आफ्ना पिता जर्जको निधनपछि उनले आफ्नो फुटबल भविष्यबारे पुनर्विचार गरिरहेको बताएका थिए।

अर्जेन्टिनालाई २०२२ को विश्वकप जिताउँदा कप्तानी गरेका मेस्सीले राष्ट्रिय टोलीबाट अलग हुने निर्णय आफूलाई ‘गहिरो रूपमा’ पीडादायी भएको बताएका थिए। उनले अर्जेन्टिनाका लागि आफूले ‘सबैथोक दिएको’ र अब ‘दिनका लागि केही बाँकी नरहेको’ बताएका थिए।

आठपटक बालोन डी’ओर जितिसकेका मेस्सी हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। उनले राष्ट्रिय टोलीबाट २ सय ७ खेलमा १ सय २५ गोल गरेका छन्।

अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेस्सीलाई उनको योगदानअनुसार बिदाइ दिन बेनिनविरुद्धको खेलमा निमन्त्रणा गरिएको बताए।

`विश्वकै उत्कृष्ट खेलाडी, हाम्रो राष्ट्रिय टोलीका प्रतीक तथा कप्तान लियोनल आन्द्रेस मेस्सीलाई अक्टोबर ६ मा अर्जेन्टिनामै उनले पाउनुपर्ने बिदाइ दिन निमन्त्रणा गर्ने निर्णय गरेका छौं,’ तापियाले भने।

बेनिनविरुद्धको खेल ब्युनस आयर्सस्थित रिभर प्लेटको घरेलु मैदान स्टेडियो मोनुमेन्टलमा हुनेछ। ८५ हजार दर्शक क्षमताको उक्त मैदानमा हुने खेलमा २०२२ को विश्वकप जितेको अर्जेन्टिनाको टोलीका सदस्यलाई समेत निमन्त्रणा गरिएको छ।

मेस्सीले अर्जेन्टिनाबाट बिदा लिने तयारी भइरहँदा टोलीले त्यसअघि बोलिभिया र बुर्किना फासोसँग मैत्रीपूर्ण खेल खेल्नेछ। अर्जेन्टिनाले सेप्टेम्बर ३० मा कोर्डोबामा बोलिभिया तथा अक्टोबर ३ मा ब्युनस आयर्समा बुर्किना फासोसँग खेल्नेछ।

विश्वकपका क्रममा फिफाको अनुशासन संहिता उल्लंघन गरेको भन्दै अर्जेन्टिनालाई आफ्ना आगामी दुई घरेलु खेल ५० प्रतिशत दर्शक क्षमतामा खेलाउने सजाय सुनाइएको थियो। त्यसमध्ये एक खेलको सजाय निलम्बित गरिएको थियो। बोलिभिया र बुर्किनासँगका खेलपछि उक्त सजाय पूरा हुने अपेक्षा गरिएको छ।

यसैबीच, विश्वकप फाइनलमा स्पेनसँग पराजित भएपछि मैदानमा भएको झडपमा संलग्न भएका कारण अर्जेन्टिनाका लिएन्ड्रो परेडेस र नाहुएल मोलिनामाथि क्रमशः १० र ७ खेलको प्रतिबन्ध छ। त्यसैले उनीहरू बेनिनविरुद्धको खेलमा उपलब्ध हुने छैनन्।

प्रकाशित मिति:





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्