सुनको मूल्य १२ सय रुपैयाँले बढ्यो – Artha Sarokar :: Nepal’s No.1 Economic News portal.


काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ सय रुपैयाँले बढेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६० रुपैयाँले बढेर प्रतितोला ४६६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५९ हजार ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९९५.५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्