नेपाल प्रिमियर कपको फाइनलमा


काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। ओमानलाई सेमिफाइनलमा ८७ रनले पराजित गर्दै नेपालले फाइनलमा पुगेको हो ।

१ सय ४८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा अलआउट भएको हो। कप्तान सन्दीप लामिछाने , दीपेन्द्र सिंह ऐरीले समान ३ तथा ललित राजवंशी र रोहित पौडेलले २ विकेट लिए।

ओमानका लागि जतिन्दर सिंह ४१ बलमा २५ रन र  जितेन रामनन्दी १३ रन बनाए ।

मलेसियाको वयुमास क्रिकेट ओभल‌ स्टेडियममा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर नेपाल १ सय ४७ रनमा समेटियो। 

यो खेलमा ओपनर अर्जुन कुमालको स्थानमा देव खनाललाई स्थान दिइयो। तर देव र आशीफ शेखले पनि नेपाललाई राम्रो सुरूवात दिलाउन सकेनन्। २६ रन जोड्दा दुवै ओपनर आउट भए। आशिफ ११ र देव १३ रनमा मोहम्मद इमरानको बलमा आउट हुन पुगे। 

खराब प्रदर्शनले निरन्तरता पाउँदा इशान पाण्डे १ रनमा र रोहित पौडेल ३ रनमा पबिलियन फर्किए। ११ ओभर २ बलमा पहिलो क्रमका चार ब्याटर आउट हुँदा नेपालले मात्र ३६ रन बनाएको थियो।

यसपछि बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेटको लागि ९३ रनको साझेदारी गर्दै केहि राहत दिलाए। बसिर ४७ रनमा आउट हुँदा दीपेन्द्रले अर्धशतक बनाए। ७६ बल खेल्दै ४ चौका सहित ५१ रन बनाएर दीपेन्द्र आउट भए।

यी दुई खेलटडी आउट भएपछि फेरि नेपाल पुरानै लयमा फर्कियो। करण केसी ५ रनमा, गुल्सन झा ७ रनमा,सन्दीप लामिछाने ३ रनमा र शेर मल्ल रनको खाता नखोली आउट भए। 

बलिङमा जय भिराम ओडेडाराले १० ओभर बलिङ गर्दै २६ रन दिएर ३ विकेट लिए। हसाने। साहले ८ ओभर ४ बलमा २८ रन दिएर ३ विकेट नै लिए। मोहम्मद इमरानले २ विकेट झारे।  यो प्रतियोगिताको विजेता एसिया कपमा छनोट हुनेछ। 

प्रकाशित मिति:

थप
क्रिकेट





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्