गुप्तचरका अधिकृतलाई हनिट्रयापमा पार्ने महिला कारागार चलान | Nepal’s first 24-hour updated news portal


काठमाडौँ। राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतलाई हनिट्रयापमा पारेको आरोपमा ३२ वर्षीया महिला थुनामा गएकी छन् । 

रामेछाप घर भएर काठमाडौँ बस्दै आएकी कुसुम गुभाजुलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको हो । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले उनलाई पुर्पक्षमा पठाएका हुन् । अदालतको आदेश अनुसार गुभाजु कारागार चलान भइसकेकी छन् ।

गुभाजुले ४ वर्षअघि सामाजिक सञ्जालबाट चिनजान भएका राष्ट्रिय अनुसन्धान विभागका एक जना अधिकृतलाई हनिट्रयापमा पारेर रकम असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जाहेरवाला अधिकृतले आफूसँग गुभाजुले २०८३ जेठमा पटक पटक गरेर २७ लाख नगद असुलेको बताएका छन् ।

प्रतिवादी महिलाले पनि प्रहरीसँगको बयानमा नगद लिएको स्वीकार गर्दै भनेकी छन्, ‘२० लाख नगद उहाँले खुसीले दिनुभएको हो ।’ अन्य ७ लाख रकम चाहिँ कोठा भाडा र रासन बापत दिएको र सो रकमबाट खरिद गरेको सामान ती अधिकृतले पनि उपभोग गरेको गुभाजुले जिकिर गरेकी छन् । सामाजिक सञ्जालमार्फत चिनजान भएर नजिक भएपछि केही समय दुवै जना कपन र वसुन्धाराको डेरामा सँगै बसेको महिलाले दाबी गरेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध आपराधिक लाभ तथा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । 

गुल्मीको मुसिकोट नगरपालिका–३ घर भएकी गुभाजुले रामेछापमा विवाह गरेकी थिइन् । अदालतको आदेशले उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए। 





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्