एनभिएलमा कर्णालीसँग मधेशको हार


काठमाडौं (हाम्रो खेलकुद )- एक्सट्रिम इनर्जी ड्रिंक (एनभिएल) को प्लेअफ पुगिसकेको कर्णाली शिवराजले लिग चरणको आफ्नो अन्तिम खेल मधेश वारियर्सलाई ३-१ सेटले हराएको छ। 

कर्णालीले मधेशलाई २५–२०, २५–२०, २१–२५ र २५–१९ ले पराजित गर्यो। ४ जित र १ हार व्यहोरेका कर्णालीले ११ अंक जोड्यो । कर्णालीका मार्की खेलाडी पहल गहतराज प्लेयर  अफ द म्याच चुनिए ।

कर्णाली र काठमाडौं एनभिएलको प्लेअफमा 

कर्णाली शिवराज र काठमाडौं एनभिएलको प्लेअफमा पुगेका छन् । आज पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले सगरमाथा स्म्यासर्सलाई ३-१ ले हराएसँगै  अन्तिम खेलअघि कर्णाली र काठमाडौं शीर्ष तीन भित्र रहने पक्का भएको हो।

 तेस्रो स्थानमा रहेको काठमाडौंको ८ अंक छ। काठमाडौं र खप्तड फाल्कन्सबीच लिगको अन्तिम खेल जारी छ। 

४ अंक जोडेको मधेश पनि अन्तिम खेलअघि एनभिएलबाट बाहिरिएको थियो। अंकविहीन खप्तड यसअघि नै एनभिएलबाट बाहिरिसकेको छ। कर्णाली र काठमाडौंबीच शुक्रबार साँझ ६ बजे प्ले अफ खेल हुनेछ। 

अन्नपूर्ण एनभिएलको फाइनलमा 

अन्नपूर्ण स्पाइकर किंग्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभिएल) को फाइनलमा पुगेको छ। 

लिगको आफ्नो अन्तिम खेलमा सगरमाथा स्म्यार्ससलाई ३-१ ले हराएर १२ अंकसहित शीर्ष स्थानमा रहेपछि सोझै फाइनलमा स्थान पक्का गरेको हो । अन्य खेलको नतिजाले अन्नपूर्णलाई फरक पर्नेछैन।

IMG_1356-1789033056.jpeg

 

पहिलो सेट जितेको सगरमाथाले त्यसपछि लगातार ३ सेट गुमायो । लगातार तेस्रो हारसँगै सगरमाथा एनभिएलबाट बाहिरिएको छ। अन्नपूर्ण २३-२५,२५-२३,२५-१४,२५-२० ले विजयी भएको हो।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन, नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ टोली सहभागी छन् ।

सिंगल राउन्ड रोविन लिगपछि शीर्ष टोली फाइनलमा प्रवेश गर्ने छ । दोस्रो र तेस्रो रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।

एनभिएलको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् । 

पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल शनिबार हुनेछ ।

प्रकाशित मिति:





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्