काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत मनसुन प्रतिकार्य कमान्ड पोस्टले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हुने अध्ययन तथा अनुसन्धानलाई एकरुपता दिन विशेष टोली गठन गरेको छ ।

कमान्ड पोस्टको आज बसेको १६ औँ बैठकले प्राधिकरणका सहसचिव (प्राविधिक) को संयोजकत्वमा ‘रिसोर्स एन्ड निड म्यापिङ टिम’ गठन गर्ने निर्णय गरेको हो । 

यस टोलीमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधिहरू पनि संलग्न रहनेछन् । बाढी प्रभावित क्षेत्रमा भइरहेका विभिन्न अध्ययन अनुसन्धानका कार्यहरूलाई थप व्यवस्थित, प्रभावकारी र एकरुपता कायम गर्न यो टोली गठन गरिएको प्राधिकरणले जनाएको छ । 

गठित टोलीको कार्यविवरण र टोलीमा रहने अन्य थप सदस्यहरूको टुङ्गो लगाउने सम्पूर्ण जिम्मा भने टिम संयोजकलाई नै दिइएको छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्