त्रिशूली बाढीपछि सबभन्दा धेरै मानिस फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङबाट बाढीको १० दिनपछि शुक्रबार(आज) एक जना चिनियाँ नागरिकको जिवितै उद्धार गरिएको छ। थप खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ।

आयोजनाको सुरूङको २५० मिटरसम्म पुगेर खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ। 

शनिबार हाकुस्थित टनेलमा सेनाका २० जना र आयोजनाका प्रतिनिधिहरू सहितको टोलीले कम्प्रेसर तथा अन्य उपकरण प्रयोग गरी खोजी गरिरहेका छन्। 

सेनाका अनुसार अहिले टनेलको लेदो फाल्ने काम भइरहेको छ। 

शुक्रबार पनि दिनभर हेडवर्क्स र सुरूङ क्षेत्रमा खोजी कार्य गरिएको थियो।

शुक्रबार इन्टेक सुरूङमा २०० मिटरसम्म पुगेर खोजतलासको काम भएको थियो।

खोजी तथा उद्धार क्रममा आयोजनास्थलमा ६ जनाको शव फेला परेको थियो।

आयोजनाका अनुसार त्योभन्दा अगाडि बिहीबार पनि एउटा खुट्टा मात्रै भएको शव फेला परेको थियो। 

फेला परेका शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन। यो आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका छ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १४:०८






Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्