सुर्खेतमा भएको मोटरसाइकल दुर्घटनाका घाइते एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। 

जिल्लाको बराहताल गाउँपालिका–४ तरङ्गाका १९ को जीवनबहादुर शाहीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। 

शुक्रबार राति ११ बजेतिर लाटिकोइली चोकबाट मंगलगढी चोकतर्फ जाँदै गरेको शाही सवार क.प्र.०२००२ प १३९९ नम्बरको  मोटरसाइकल आफै अनियन्त्रित भई  वीरेन्द्रनगर नगरपालिका–९ पिपलडाँडास्थित डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको थियो। 

टाउको तथा  शरीरका  विभिन्न भागमा गम्भीर चोटपटक खेपेका शाहीलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। 

सुर्खेतमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहान ३ बजेतिर बाँकेको नेपालगञ्जजस्थित न्यूरो अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पनि उपचार सम्भव नरहेको भनिएपछि बिहान सवा ९ बजेतिर पुनः सुर्खेतस्थित कालागाउँ अस्पतलामा ल्याइएको थियो। 

सुर्खेतमै उपचारका क्रममा मध्याह्न १२ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पोष्टमर्टमका लागि शव सोही अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १४:१६






Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्