रसुवास्थित २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाले बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी कार्य सकिएको जनाएको छ।

आयोजनाका अनुसार बाढीका बेला आयोजनामा कार्यरतमध्ये ४१ जना हराएका थिए। तीमध्ये १९ जनाको उद्धार भएको थियो।

बिहीबार सुरूङभित्रबाट थप २ जनाको शव भेटिएको छ। यससँगै आयोजनामा कार्यरत ३९ जनाको अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि सुरूङभित्र करिब २५ जना रहेको हुन सक्ने आशंका गरेको थियो। त्यस आधारमा सुरूङभित्र पनि खोजी गरिएको थियो।

सुरूङको मुख्य प्रवेशमार्गबाट उद्धार टोली भित्र पसेको थियो। तर ढुंगा, माटो र लेदो भरिएकाले टोली करिब १०० मिटरभन्दा अघि बढ्न सकेन।

त्यसपछि वैकल्पिक बाटोबाट सुरुङमा पुग्ने प्रयास गरिएको थियो। प्राविधिक टोलीले खाली पेनस्टक पाइपबाट करिब १५० मिटर माथिसम्म पुगेर प्रवेशद्वार (म्यानहोल) बनाएको थियो।

त्यही म्यानहोलबाट समेत उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी गरेको थियो।

मुख्य सुरूङ, वैकल्पिक प्रवेशमार्ग लगायत सम्भव सबै माध्यमबाट खोजी गरिए पनि थप व्यक्ति फेला पार्न नसकिएको कम्पनीले जनाएको छ।

बाढीपछि आयोजनामा कार्यरत ३९ जनाको अवस्था थाहा हुन नसकेको र उनीहरूको अवस्था अज्ञात नै रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १४:२१






Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्