
काठमाडौं। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधनमाथिको निगरानी र कारबाहीलाई तीव्रता दिएको छ। घटस्थापनाको दिन असोज २५ गतेदेखि मंगलबारसम्मको अवधिमा २९४ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।
विशेष ट्राफिक चेकजाँचका क्रममा यान्त्रिक अवस्था ठीक नभएका ६० वटा सार्वजनिक सवारी साधन र तीव्र गतिमा चलाइएका ७६ वटा सवारी साधनलाई कारबाही गरिएको हो।
यसैगरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १४९ जना चालक कारबाहीमा परेका छन्। उक्त संख्यामध्ये ९ जना सार्वजनिक सवारी साधनका चालक रहेका छन्। साथै लागुऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारी साधन चलाउने ९ जना चालकलाई पनि प्रहरीले कारबाही गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























