पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणमा सरकारको प्रष्टिकरण- ‘पक्राउ गरिएको होइन रेस्क्यु गरिएको हो’ – Artha Sarokar :: Nepal’s No.1 Economic News portal.


काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको नभई सुरक्षा प्रदान गर्न उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टिकरण दिएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो प्रष्टिकरण दिएका हुन् ।

पूर्वप्रधानन्यायाधीश जबराको परिवारले थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले यस कुरा पुष्टि भइसकेको मन्त्री पोखरेलको दाबी छ । ‘उहाँको थप सुरक्षाको लागि परिवारबाट प्रहरी कार्यालयमा निवेदन पनि पठाउनुभएको छ ।’ उनले भने ‘उहाँको सुरक्षामा प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि रेस्क्यु गरेर लगिएको हो ।’

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई महाराजगञ्जस्थित घरबाट शनिवार राति पक्राउ गरेको थियो । पछि आइतबार दिउँसो उनलाई छोडिएको थियो ।

२०७५ पुस १८ गतेदेखी प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्