
सिरहा। जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँबाट फरार रहेका लागुऔषध मुद्दाका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको अर्नमा गाउँपालिका–२, ब्रह्मपुरीका २३ वर्षीय धिरजकुमार महतो रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय अर्नमा र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार साँझ घरबाटै पक्राउ गरेको हो।
जेनजी आन्दोलनका क्रममा काठमाडौँबाट फरार भएका महतो गाउँघरमै लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका महतोलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा लगिएकाे छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























