माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला, खोज तथा उद्धार कार्य जारी | Nepal’s first 24-hour updated news portal


काठमाडाैँ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धार कार्यका क्रममा थप ७ वटा शव फेला परेका छन्।

नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा यसअघि ६ वटा शव फेला पारेको थियो। 

१२:०५ बजेको अपडेटमा उल्लेखित ती शवसहित खोजीका क्रममा थप ७ वटा शव फेला पारी टनेल बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ।

टनेलभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ। टोलीले जोखिमपूर्ण अवस्थाबीच सम्भावित स्थानमा निरन्तर खोजी गर्दै उद्धार कार्यलाई अगाडि बढाइरहेको छ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्