काठमाडौँ । बुधबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गरेलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बैठकबाट बाहिरिए ।

सम्बोधन सकिनेबितिकै बालेन बैठकबाट बाहिरिएका थिए । 

बालेन बैठकबाट बाहिरिँदा बैठकमा सहभागी अन्य सांसदहरुको ध्यान बालेनतिरै थियो । सभापति बोलेर सकिनेबितिकै बालेन जुरुक्क उठेर हिँडेपछि अरु सांसदहरुले बालेनलाई नै हेरिरहेका थिए । 

तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बालेन बाहिरिँदासम्म पनि उनलाई हेरेनन् । केही दिनअघि प्रचण्डले बालेनले अरु सांसदहरुलाई हेर्दैन नहेर्ने गरेको भन्दै चित्त दुखाएका थिए । 

त्यसपछि आज बसेको बैठकमा प्रचण्ड र बालेन दुवैजना सहभागी थिए । तर, बालेन बैठकबाट बाहिरिने बेला दुवैले एकअर्कालाई हेरेनन् । बरु बालेन बाहिरिँदा रास्वपा, एमाले, काँग्रेसका सांसदहरुको ध्यान बालेनतिरै हुँदा प्रचण्ड भने अन्यत्र व्यस्त देखिए । बाँकी तस्वीरमा हेर्नुहोस्ः





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्