
काठमाडौँ । प्रभु बैंक लिमिटेड र न्यान्सी अटोमोबाइल्सबीच विशेष छुट सम्झौता भएको छ । बैंकका कर्मचारी तथा परिवारजन, डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्सका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्र मोडलका गाडीहरु खरिद गर्दा मोडल अनुसार एक लाख ७५ हजारसम्म नगद छुट पाउने छन् ।
उक्त सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंक लि.का तर्फबाट सेन्ट्रल बिजनेश सेन्टरका प्रमुख लेख बहादुर पुनको हस्ताक्षर गरेका छन् । यो सम्झौता ०७ सेप्टेम्बर २०२६ देखि प्रारम्भ भई ०६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ ।














