काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छिन् । संघीय संसद अन्तर्गतको उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले यस्तो बताएकी हुन् । 

उनले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सृजना गरेर राज्यलाई अटेरी गरेको भन्दै ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताइन् । 

जनताले पैसा तिरेर पनि ग्यास नपाउनु देशकै लागि लज्जास्पद विषय भएको भन्दै ग्यास उद्योगीहरुले सरकार र नेपाल आयल निगमलाई नटेरेको आरोप लगाएकी छिन् । 

यसरी पटकपटक निर्देशन दिँदा पनि अटेर गरेर सरकारलाई असहयोग गरेको भन्दै मन्त्री यादवले आवश्यक परे हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छिन् । उनले अब नेपाल आयल निगम आफैँले ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता रहेको पनि बताएकी छिन् । 

त्यस्तै, मन्त्री यादवले काठमाडौँका लागि पठाइएका ग्यास सिलिन्डर बजारमा नपुग्दै बाटैबाट गायब हुने गरेको पनि बताएकी छिन् ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्