
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ स्थित बालबाटिका पाठशालाका विद्यार्थी र विद्यालय परिवारले राहत सामग्री हस्तान्तरण गरेको छ ।
भदौ १० गते भोटेकोसी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नुवाकोटका पीडितहरूका लागि राहत सामग्री संकलन गरेर हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक रमेश प्रसाईं जानकारी दिए ।
संकलित चामल, नुन, बिस्कुट लगायतका खाद्य सामग्रीहरू तेक्वान्दो प्रशिक्षक फिरोज श्रेष्ठ, नुवाकोट तेक्वान्दो संघ तथा सूर्यगढी नव युवा क्लबलाई हस्तान्तरण गरिएको उनले बताए । क्लबमार्फत उक्त सामग्री प्रत्यक्ष प्रभावित क्षेत्रमा पुर्याइएको प्रसाईंले जानकारी दिए । सो क्रममा
यसैबिच सरकारले घोषणा गरेको शोक दिवसको सन्दर्भ पारेर सोमबार विद्यालयमा बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ। सो अवसरमा विद्यार्थी र शिक्षकहरूले पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय परिसरमा मैनबत्ती बालेका थिए ।
विद्यालयका प्रधानाध्यापक रमेश प्रसाईंले यस दुःखद घडीमा विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गर्न विद्यालयको तर्फबाट प्रयास गरिएको बताए ।

















