
News Summary
Generated by OK AI. Editorially reviewed.
- नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको आनन्द श्रेष्ठको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ।
- सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार ती महिलालाई घरबाट उद्धार गरिएको हो।
२० भदौ, काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो।
यसअघि नेपाली सेनाले अपर त्रिशूली-१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। त्यस्तै हिजो त्रिशूली ३ ए को सुरुङबाट पनि २ जनाको उद्धार गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1














