पलेशा पारा एसियाली खेलकुदमा पदकविहिन


काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन आइची-नागोयामा जारी पाँचौं एसियाली पारा खेलकुदमा पदक जित्न असफल भएकी छिन् ।

सन् २०२३ मा चीनको हाङचाउ संस्करणमा कांस्य पदक जितेकी पलेशाको यसपटक जापानमा थप ठूलो पदक जित्ने सपना टुटेको छ। महिला के-४४ विधाको ५७ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशाको पदक यात्रामा दुई इरानी खेलाडी बाधक बने ।

केवल आठ खेलाडी सहभागी भएकाले सिधै क्वार्टरफाइनलबाट प्रतिस्पर्धा सुरु गरेकी पलेशा पहिलो खेलमै इरानकी १७ वर्षीया किशोरी जाहरा रहिमीसँग १२-१ अंकले पराजित भइन् । पेरिस पारालिम्पिककी रजत पदक विजेता र तेस्रो वरीयता प्राप्त रहिमीले सन् २०२४ मा ५२ केजीमुनि खेलेर रजत जितेकी थिइन्, जबकि पलेशा त्यतिबेला ५७ केजीमुनि खेलेकी थिइन्।

पहिलो हारपछि भने पलेशाले रिपिचेजमार्फत पदकको लागि अर्को मौका पाएकी थिइन्। रिपिचेजमा उनले कजाकस्तानकी कामिल्या दोस्मालोभालाई १४-१० अंकले हराइन्। यसैसँगै उनले हाङचाउ एसियाडको सेमिफाइनलमा उनै ३४ वर्षीया कामिल्यासँग भोगेको हारको बदला पनि लिइन्। चीनमा रजत पदक जितेकी कामिल्यामाथिको यो जितले पलेशालाई कांस्य पदक भिडन्तसम्म पुर्‍यायो।

तर कांस्य पदकको लडाइँमा पलेशालाई चौथो वरीयता प्राप्त १९ वर्षीया इरानी खेलाडी मरियम अब्दुल्लापोर डेरोईसले रोकिन्। पहिलो राउन्डमै ४-० ले पछि परेकी पलेशाले दोस्रो राउन्डमा पनि १४-६ ले खेल गुमाउँदै समग्रमा १८-६ अंकको फरकले हार बेहोरिन्।

एकै दिन दुई फरक इरानी खेलाडीसँग पराजय बेहोर्दा पलेशाको आइची-नागोयामा पदक जित्ने सपना साकार हुन सकेन।

IMG_2617-1792495094.jpeg

 

प्रकाशित मिति:

थप
पारा खेलकुद





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्