डिगो एपमा आयो नेपाली फिल्म ‘लालीबजार’, अब विश्वभरबाट हेर्न सकिने


२ कात्तिक,  काठमाडौं।

आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व दर्शाउने नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्म डिगो (Digo) एपमार्फत विश्वभर एकसाथ रिलिज भएको छ। षट्कोण आर्ट्सको निर्माण र यम थापाको निर्देशन रहेको यस फिल्ममा स्वस्तिमा खड्का र रविन्द्रसिंह बानियाँलगायतका कलाकारको मुख्य अभिनय छ। नेपालसहित विदेशमा रहेका Nepalese दर्शकहरूका लागि उपलब्ध यो फिल्म अब डिगो एपमार्फत सजिलै हेर्न सकिनेछ।

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ ।

आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’ लाई डिगो एपमार्फत विश्वभर एकसाथ रिलिज गरिएको छ । षट्कोण आट्र्सको निर्माण रहेको फिल्मलाई विश्वभरका नेपाली दर्शकले एकसाथ हेर्न पाउने छन् ।

नेपालबाहिर नेपाली बसोबास गर्ने सबै देशमा प्रदर्शन हुन नसकेको फिल्मलाई डिगो एपमार्फत विश्वभर रहेका नेपाली दर्शकमाझ पु¥याईएको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले बताए ।

‘विविध कारणले हामीले फिल्मलाई विदेशमा धेरै स्थानमा प्रदर्शन गर्न सकेका थियानौं । सोही कारण हामी ओटीटीमार्फत नेपालसँगै विदेशमा रहनुभएका नेपाली माँझ पुगेका छौँ । हामीलाई सामाजिक सञ्जालमार्फत फिल्म प्रदर्शनबारे निरन्तर जिज्ञासा आइरहेको थियो । फूलपातीदेखि डिगो एपमार्फत विश्वभर रहेका नेपालीमाझ फिल्म पुगेको छ, हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला’, निर्माता बानियाँले भने ।

उनले षट्कोण आट्र्सका फिल्म सामाजिक दायित्वसँगै मनोरञ्जनलाई प्राथमिकतामा राखेर निर्माण गरिने भएकाले ‘लालीबजार’ सबै उमेरसमूहका दर्शकका लागि एउटा सिकाइ पनि हुने विश्वास व्यक्त गरे ।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टललगायतका कलाकारको अभिनय छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।

Advertisement

यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

डिगो एप

नेपालको पहिलो इजाजतपत्र प्राप्त सब्स्क्रिप्सन ओटीटी स्ट्रिमिङ प्लेटफर्म डिगोले विश्वभरका नेपालीहरूका लागि खेलकुद र मनोरञ्जन सामग्री पस्किने गर्छ ।

नेपाल सरकारबाट इजाजतपत्र प्राप्त डिगोले नेपाली फिल्म, वेब सिरिज, शर्ट फिल्म, लाइभ क्रिकेट, लाइभ फुटबल, लाइभ टिभी, रियालिटी शो र म्युजिकल कार्यक्रमहरू नेपाली र अंग्रेजी कमेन्ट्रीसहित एचडीमा स्ट्रिम गर्दछ ।

पछिल्लो समय डिगोले डिजिटल कम्पनि ओएसआर डिजिटलसँग सहकार्य गर्दै दर्शकले हेर्न चाहेको नेपाली फिल्महरू ल्याउने भएको छ ।

फिल्मको लाइनअपहरू डिगोमा समेत देख्न सकिन्छ । यसको सुरुआत ‘लालीबजार’ बाट भएको हो । यसका साथै भारतीय ओटीटी प्लेटफर्म जिओहटस्टारका लोकप्रिय सिरिजहरू र ला लिगा फुटबल लाइभ लगायतका सामग्रीहरू डिगोमै हेर्न सकिनेछ ।

१३ लाख डाउनलोड भएको डिगोएपका ३ लाख ५० हजार बढी मासिक प्रयोगकर्ता रहेका छन् । १५ भन्दा बढी देशहरूमा दर्शकहरू भएको डिगो नेपाली प्रवासी नेपालीहरूलाई समेत लक्षित गर्दै तयार पारिएको अन्तर्राष्ट्रिय प्लेटफर्म हो । प्रतिमहिना २ सय ४९ रुपैयाँ बाट डिगो एपको सब्सक्रिप्सन प्लान सुरू हुन्छ ।

For more: Lalibazar Releases Worldwide on Digo App



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्