धम्मिका पुन: विराटनगर किंग्सको प्रशिक्षक


काठमाडौं (हाम्रो खेलकुद) – एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाली पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ ।

दायाँ हाते तीव्र गतिका बलर प्रसादले श्रीलंकाका लागि २५ टेस्ट, २४ ओडीआई र १४ टी–२० खेलेका थिए । प्रशिक्षण क्षेत्रमा प्रसादको अनुभव पनि फराकिलो छ । अमेरिका राष्ट्रिय टोली, नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसकेका उनले लङ्का प्रिमियर लिगमा कोलम्बो किंग्स, क्यान्डी बोल्ट्स र क्यान्डी रोयल्समा पनि काम गरेका छन्। विराटनगर किंग्सले बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा रहेको उनको विशेषज्ञतालाई नै निरन्तरताको मुख्य आधार बनाएको हो।

गत सिजनको प्लेअफ चुकाइले अझै पीडा दिने बताउँदै प्रसादले यसपटक थप दृढताका साथ ट्रफीको लडाइँमा उत्रने प्रतिबद्धता जनाए। “त्यो अनुभवले हामीलाई अझ बलियो र प्रतिबद्ध बनाएको छ। यसपटक शतप्रतिशत दिएर अन्तिम बलसम्म लड्नेछौं,” उनले भने।

हाल टोली भारतमा रणजी ट्रफी खेलिसकेका खेलाडीहरूसँग फ्लडलाइट अभ्यास खेल खेल्दै तयारीमा जुटेको छ । टोलीको मार्की खेलाडी सन्दीप लामिछाने हुन् । विदेशी खेलाडीमा चरिथ असलंका, शुभम रन्जने लगायत खेलाडी अनुबन्धित भइसकेका छन् ।

प्रकाशित मिति:

थप
एनपिएल





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्