‘आ बाट आमा २’को दसैँ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक


काठमाडौं । फिल्म ‘आ बाट आमा २’को नयाँ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई लक्षित गर्दै बिहीबार गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो।

दसैँको माहोल र टीका–जमराको प्रसङ्गलाई समेटिएको गीतको भिडियोमा फिल्मका कलाकारहरू सामूहिक नृत्यमा रमाइरहेको देख्न सकिन्छ। पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ, निकिता आचार्यलगायत कलाकार भिडियोमा देखिएका छन्।

सामूहिक विवाहको प्रसङ्गमा कलाकारहरूको नृत्यलाई भिडियोमा प्रस्तुत गरिएको छ। लाहुरेको भूमिकामा सबिन श्रेष्ठ पनि भिडियोमा देखिन्छन्। गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका हुन्।

गीतमा शब्द तथा संगीत बाबुल गिरीको रहेको छ भने बाबुल गिरी र रचना रिमालले स्वर दिएका छन्।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ हुन्।

नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। फिल्मलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्