काठमाडौं । सशस्त्र प्रहरी बलले महोत्तरी जिल्लाबाट ठुलो परिमाणमा अवैध एप्पल कम्पनीका एयरपड्स बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा करिब दुई करोड ४० लाख रुपैयाँ बराबरका १२ सय थान एयरपड्स बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीका अनुसार शनिबार बिहान महोत्तरीको सोनमा गाउँपालिका-६ स्थित मगरथाना इलाकाबाट उक्त सामग्री नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश दत्त पाण्डे र बोर्डर आउट पोस्ट (बीओपी) खैरवनीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको कमान्डमा खटिएको टोलीले उक्त सामग्री बरामद गरेको हो ।

गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ अवैध एयरपड्स ओसारपसार गरिरहेका व्यक्तिहरू सामान छाडेर फरार भएका थिए । सशस्त्र प्रहरीले ती सामग्रीहरू बरामद गरी आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ २०, २०८३ ११:४८








Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्