लुम्बिनी लायन्सको विजयी सुरुवात


काठमाडौं (हाम्रो खेलकुद)-साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सानदार सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी  सुरुवात गरेको हो। 

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ विकेटको क्षतिमा ९.५ ओभरमा भेट्टायो। 

पहिलो विकेटका लागि ओपनर डार्सी सर्ट र आशिफ शेखले ६.२ ओभरमा ७१ रनको मजबुत साझेदारी गरे। डार्सीले ४० र आशिफले ३२ रन बनाए । निरोशन डिकवेला ७ रन  जोडेर आउट भए। 

सुदूरपश्चिमका लागि अनिल खरेलले २ र कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। 

उद्घाटन खेलले दोस्रो सिजनको फाइनल खेलको झल्को दिएको  थियो। अघिल्लो सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६६ बल बाँकी हुँदा ६ विकेटले पराजित गरेको थियो। 

गत सिजनको फाइनल र यो सिजनको उद्घाटन खेलमा रन र विकेटका हिसाबले उस्तै रह्यो। गत सिजन सुदूरपश्चिम ८५ रनमा अलआउट भएको थियो। 

लुम्बिनीका रुवेन ट्रम्पलमेन, शेर मल्ल र रोहित पौडेलले समान ३ विकेट लिएका थिए। सुदरपश्चिमका लागि इशान पाण्डेले ३३ र दिपेन्द्रसिंह ऐरिले १३ रन बनाएका थिए। 

आज लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सदूरपश्चिम १७.२ ओभरमा अलआउट भयो। 

बलिङतर्फ लुम्बिनीका किशोर महतो र शेर मल्ल हाबी भए। सुदूरपश्चिमलाई कम स्कोरमा रोक्नमा किशोर महतोले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा २८ रन खर्चेर ४ विकेट लिए। शेर मल्लले ४ ओभरमा ११ रन दिदै ३ विकेट आफ्नो नाममा गरे। 

किशोरले पाचौँ ओभरको दोस्रो बलमा आरिफ शेख र चौथो बलमा ब्रान्डोन म्याकमुलेनलाई आउट गरे। १३ औँ ओभरको तेस्रो बलमा दीपेन्द्र र चौथो बलमा हेमन्त धामीलाई पेभेलियनको बाटो देखाए। 

साड्ली भान स्कालविक, तिलक भण्डारी र रोहित पौडेलले समान १ विकेट लिए। 

सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्रले २७ रनको सर्वाधिक योगदान दिए। उनले २३ बलमा २ चौका हाने। 

ओपनर सैफ जैवले १३ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। विनोद भण्डारीले ९ र इशान पाण्डेले ७ रन बनाए। 

एनपिएलमा मंगलबार २ खेल हुनेछन्। दिउँसो १२:३० मा सुरु हुने खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ। कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सबीचको खेल साँझ ५ बजे सुरु खेल्नेछन्।

प्रकाशित मिति:





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्