तस्बिरमा हेर्नुहाेस् धरहरा–न्युरोड क्षेत्रमा किनमेल गर्नेहरूकाे चहलपहल | Nepal’s first 24-hour updated news portal


काठमाडौँ। दसैँ सुरु भएसँगै काठमाडौँको धरहरा र न्युरोड क्षेत्रमा फुटपाथ बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। 

दसैँका लागि नयाँ लुगा, जुत्ता–चप्पल तथा अन्य आवश्यक सामग्री खरिद गर्न साँझको समयमा ग्राहकहरू बजारमा पुग्न थालेका छन्। 

काठमाडौँ महानगरपालिकाले फुटपाथमा पसल सञ्चालन गर्न साँझ ७:३० बजेदेखि मात्रै अनुमति दिएको छ। सोहीअनुसार साँझ परेपछि फुटपाथमा पसल राख्ने र किनमेल गर्नेहरूको चहलपहल देखिन थालेको छ। 

फुटपाथमा राखिएका पसलहरूमा विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता–चप्पल तथा अन्य सामग्री बिक्रीका लागि राखिएका छन्। ठुला सपिङ मल र महँगा पसलको तुलनामा सस्तो मूल्यमा सामान पाइने भएकाले सीमित बजेट भएका ग्राहकका लागि फुटपाथ बजार आकर्षणको केन्द्र बनेको छ। 

दसैँमा नयाँ लुगा लगाउने परम्पराका कारण विशेष गरी बालबालिका तथा परिवारका अन्य सदस्यका लागि कपडा खरिद गर्ने ग्राहकको उपस्थिति बजारमा देखिन थालेको छ। ग्राहकहरू आफ्नो बजेटअनुसार सामानको मूल्य बुझ्ने, मोलमोलाइ गर्ने र आवश्यक सामग्री छनोट गरिरहेका छन्।

01-Footpath_shopping_Nepal photo library-1602-Footpath_shopping_Nepal photo library-0103-Footpath_shopping_Nepal photo library-0204-Footpath_shopping_Nepal photo library-0305-Footpath_shopping_Nepal photo library-0406-Footpath_shopping_Nepal photo library-0507-Footpath_shopping_Nepal photo library-0608-Footpath_shopping_Nepal photo library-0709-Footpath_shopping_Nepal photo library-0810-Footpath_shopping_Nepal photo library-0911-Footpath_shopping_Nepal photo library-1012-Footpath_shopping_Nepal photo library-1113-Footpath_shopping_Nepal photo library-1214-Footpath_shopping_Nepal photo library-1315-Footpath_shopping_Nepal photo library-1416-Footpath_shopping_Nepal photo library-15





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्