
काठमाडौँ । बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीको निःशुल्क उपचार गरिने भएको छ । भक्तपुर क्यान्सर अस्पतालले भोटेकोशीमा आएको बाढीले क्षति पुर्याएका क्षेत्रका क्यान्सर बिरामीको निःशुल्क उपचार गरिदिने भएको हो ।
अस्पतालका अनुसार रसुवा, धादिङ, नुवाकोट र चितवन लगायतका बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीको निःशुल्क उपचार गरिनेछ ।
निःशुल्क उपचार अन्तर्गत अस्पतालले बाढी प्रभावित क्षेत्रका बिरामीलाई बेड चार्ज, ल्याब परीक्षण, अक्सिजन र उपलब्ध भएसम्म औषधीसमेत निःशुल्क गरिने जनाएको छ ।
हाल अस्पतालले बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीका लागि १० प्रतिशत निःशुल्क बेड तथा उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

















